कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा विभिन्न ११ एजेन्डामा छलफल हुनेछ । हिजोको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशन गर्न निर्देशक समिति बनाउने लगायतका ११ वटा प्रस्ताव छलफलका लागि पेस भएका छन् ।

बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरण तथा पार्टीका वडादेखि माथिल्लो तहसम्म रिक्त पदहरू पूर्ति गर्ने विषयमा छलफल हुनेछ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार हिजोको बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरेको थियो । कांग्रेस–एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ८ : ४९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु