कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा विभिन्न ११ एजेन्डामा छलफल हुनेछ । हिजोको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशन गर्न निर्देशक समिति बनाउने लगायतका ११ वटा प्रस्ताव छलफलका लागि पेस भएका छन् ।

बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरण तथा पार्टीका वडादेखि माथिल्लो तहसम्म रिक्त पदहरू पूर्ति गर्ने विषयमा छलफल हुनेछ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार हिजोको बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरेको थियो । कांग्रेस–एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ८ : ४९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल