सांकेतिक तस्बिर

समाचार

गाँजासहित दुई भारतीय पक्राउ

By खबरहब

August 08, 2024

महोत्तरी– नेपालबाट भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो ।

मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।