अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल « Khabarhub

अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी पूरा गरेको छ ।

गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो ।

अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सुरु गर्न लागेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

‘मेमोग्राफी सेवाका लागि आइसकेको छ । जडान पनि भइसकेको छ । भदौको पहिलो साताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य छ’,उनले भने । स्तन क्यान्सर निश्चित गर्न यो यन्त्र प्रयोग गरिन्छ । यो सेवा सुदूरपश्चिममा अन्त कुनै ठाउँमा छैन ।’

आगामी महिनादेखि अस्पतालले बिरामीलाई अस्पतालमा नै राखेर उपचार गर्ने उनले जानकारी दिए । उनले भने, ‘अब इन्डोर सेवा पनि सञ्चालन गर्नेछौँ ५० शय्याको स्वीकृति पाएका छौँ।’

भदौ पहिलो सातादेखि २४ सैँ घण्टा आकस्मिक तथा सामान्य शल्यक्रिया सेवा पनि प्रवाह गरिने अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले जानकारी दिए ।

कार्डियोग्राफी सेवा पनि सञ्चालन हुने उनको भनाइ छ । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ६५ जना सेवारत छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ११ : ५८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल