पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान « Khabarhub

पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा दैनिकजसो डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ । स्वास्थ्य कार्यालय र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिएको हो ।

डेङ्गी सङ्क्रमण फैलनुको मुख्य कारक लामखुट्टे भएकाले यसको निराकरण नगरेसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रवीण शर्माले जानकारी दिए। 

उनका अनुसार बढी जनघनत्व भएका, फोहरमैला बढी उत्सर्जन र विसर्जन हुने ठाउँ, ग्यारेज, टायर तथा सफा पानी जम्मा हुने स्थानलाई लक्षित गरी खोज र नष्ट अभियान थालिएको हो । लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान नियमित सञ्चालन गरिने शर्माले बताए । पछिल्लो दुई सातामा पर्वतमा ५६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यसमा कतिपय गम्भीर बिरामी पनि छन् । डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिका-४, ५, ६ र ७ का छन् । 

दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढेको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी भएकाले आजदेखि खोज र नष्ट गर्ने अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । 

बजारमा पानीको अभावका कारण भाँडामा पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुनसक्ने प्लास्टिकजन्य वस्तुमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ गरिएको शर्माले बताए । 

सुरुमा दैनिक एक-दुई जनामा डेङ्गु पुष्टि भएको भए पनि पछिल्ला समय दैनिक नौ जनासम्ममा डेङ्गु पुष्टि हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । 

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षण देखिए डेङ्गु भएको हुनसक्ने भएकाले समयमा  स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १२ : ३४ बजे

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी