ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ « Khabarhub

ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रूपमा ठूलो परिमाणको विदेशी मुद्रासहित थाइल्यान्ड जान लागेका तीन युवालाई प्रहरीले बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल छन् ।

थाई एयरवेजको जहाजमा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रासहित पक्राउ गरिएको हो।

उनीहरूमध्ये महेश मानको साथबाट  युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय बरामद भएको छ ।

मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० बरामद भएको प्रहरीले जनाएको छ ।

उता दीपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको छ । ।

उनीहरू तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १ : ३२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा