सांकेतिक तस्वीर ।

समाचार

अवैध २४ लाखसहित काठमाडौं उड्न लागेका ५ भारतीय नेपालगञ्जमा समातिए

By खबरहब

August 08, 2024

बाँके- नेपालगञ्ज विमानस्थलबाट जहाजमा काठमाडौं आउन तयार पाँचजना भारतीयलाई अवैध २४ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

राँझा एयरपोर्टबाट काठमाडौं उड्न तयार रहेका उनीहरूलाई स्रोत नखुलेको उक्त परिमाणको रकमसहित बुधबार दिउँसो पक्राउ गरेको  हो ।

पक्राउ पर्नेमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय  आषिश गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल छन् ।

राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।