हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर : मन्त्री पाण्डे | Khabarhub Khabarhub

हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर : मन्त्री पाण्डे


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताए ।  

आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले आज दुर्घटनास्थलको अवलोकन गरेको जानकारी दिँदै उनले मौसम अनुकुल नभएर पुनः काठमाडौँ फर्कन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताए । 

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले बुधबार नै नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

उनले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनको भनाइ छ । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  २ : ०६ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका