बागलुङ पहिरो : थप एक जनाको शव भेटियो, दुई अझै बेपत्ता « Khabarhub

बागलुङ पहिरो : थप एक जनाको शव भेटियो, दुई अझै बेपत्ता


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– गत मंगलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो । 

१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए। पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ ।

पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल बिक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता बिक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  २ : ०५ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई