ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

By खबरहब

August 08, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्को वरीयताक्रम हेरेफेर भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले गत असार ३१ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम बिहीबार हेरफेर गरेका हुन् ।

हेरफेर भएको वरीयाताक्रम अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ औं नम्बरमा पुगेका छन् ।

यसअघि उनको वरीयताक्रम १६ औँ नम्बरमा थियो । यसअघि १४ नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६औं नम्बरको वरीयताक्रममा झरेका छन् ।