कोदो खेतीतर्फ किसान आकर्षित « Khabarhub

कोदो खेतीतर्फ किसान आकर्षित


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोपे। 

यस्तै मंगला गाउँपालिका– ५ की विमला रोकाले विगत वर्षमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्थे । तर, यस वर्ष चार हजार खर्च गरेर खनजोत गरेपछि पाँच रोपनी बारीमा खेताला लगाएर कोदो रोपेको बताए । 

पछिल्लो समय माग ग्रामीण तथा सहरी क्षेत्रमा बढ्दै जान थालेपछी पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । गाउँमा आयातित मदिरा भन्दा कोदोको मदिरा बढी रुचाइन थालेपछी उत्पादित कोदो रु दुई सय ५० प्रतिपाथी गाउँमा नै खपत हुन थालेको छ । त्यसैगरी सहरमा कोदोको परिकारप्रति आन्तरिक तथा बाह्य  पर्यटकको आकर्षण बढ्न थालेपछी यहाँका किसान कोदो खेतीतर्फ आकर्षित भएका मालिका गाउँपालिका–६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताए । 

पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यसवर्ष कोदो खेती विस्तार गरिएको छ ।

 ‘मकै र गहुँको भन्दा कोदोको खोजी बढी हुन थालेको छ’, मालिका गाउँपालिका–६ का वडासदस्य छरदेवी घर्तीले भनिन् ‘अरु अन्न बिक्री गर्न कठिन हुन्छ । तर कोदो खोज्न ग्राहक घरघरमा नै आइपुग्छन् ।’

केही वर्षअघिसम्म घर अगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायतका धेरै गाउँमा गत  वर्षदेखि कोदोखेती विस्तार गरिएको छ । 

पश्चिम म्याग्दीका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आएका छन् । पछिल्लो समय गाउँबाट सहर गएका नागरिक बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका छन् । 

‘सहरमा कोदोको माग बढी छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी चार दिन लगाइ कोदो रोपेँ’, मङ्गला गाउँपालिका–२ का याममती रोकाले भनिन्। पछिल्लो समय गाउँ घरमा पनि जाडोको समयमा कोदोको ढिँडो र रोटी खाने बानीको विकास हुँदै गएको छ ।

‘बजारबाट ल्याएका चाउचाउ, बिस्कुट, चिउरा, भुजा, नमकिन लगायतका वस्तुलाई खाजाको रुपमा प्रयोग गर्ने क्रम घट्दै गएको छ, गाउँलेले पाएसम्म गाउँकै उत्पादनलाई खाजा र खानाको रुपमा प्रयोग गर्न थालेका छन् । सबैको रोजाइमा कोदो पर्दैगएको छ’, दरबाङको केवी एकेडेमीका शिक्षक मीन सुनारले भने। उनका अनुसार उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।

विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । 

कोदोको भनेजति मूल्य पर्न थालेपछी गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरी नै कोदो खेती गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, दरबाङ, सिंगा तातोपानी, भुरुङ तातोपानी लगायतका बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीले बताएका छन् ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : ३१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्