रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन  « Khabarhub

रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन 


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाका निर्माण व्यवसायी मानबहादुर तामाङले पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु गरेका छन् ।

नाम्दु गाउँमा सुरु गरेको ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट रोपेको तेस्रो वर्षमै १० लाख बराबरको ड्रागन फ्रुट उत्पादन गरिएको तामाङले बताए।

तामाङ भन्छन्, ‘खेती सुरु गरेको करिब २७ महिना भयो ६ रोपनीबाट सुरु भएको खेतीलाई  अहिलेसम्म १२ रोपनीमा विस्तार गरेको छु।’ 

खेती थालेको १६ महिनामै परिक्षण उत्पादन भएपछि दुई हजार बिरुवा थपेर खेतीको रोपनी वृद्धि गर्दै दोस्रो वर्ष एक हजार किलो उत्पादन भएको र यस वर्ष उत्पादन तेब्बर वृद्धि  भएको उनले सुनाए।

असारदेखि साउन तेस्रो सातासम्म दुई हजार किलो ड्रागन स्थानीय बजारमै बिक्री गरिसकेको उनले बताए। उत्पादन बढे सँगै अहिले जिल्लाका स्थानीय बजारमा यसको उच्च माग हुन थालेको तामाङ बताउँछन्।

वैतेश्वर-६ नाम्दुका निर्माण व्यवसायी तामाङले पहिलो चरणमा यसको फल उत्पादन गरी गत वर्ष करिब चार  लाख बराबरको सेतो जातको ड्रागन फ्रुट बिक्री गरेका थिए।

असार पहिलो साता देखिनै पहिलो चरणको फल पाक्ने गर्छ। त्यसैगरी पहिलो चरण सुरु भएको तिन महिनासम्म फल उत्पादन भइरहने गर्छ। सेतो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेका तामाङ आफ्नो परिश्रम र लगानी सहि ठाउँ सदुपयोग भएको देखेर हिजोआज दङ्ग छन्। उनले यो व्यवसायको लागि लाखौं लगानी गरिसकेको बताए। लगानी ठुलो उत्पादन भर्खर सुरु भएको छ तामाङले भने। एक वर्षमै उत्पादन दिन थालेपछी आफू दङ्ग परेको उल्लेख गरे।

उनका अनुसार ड्रागन फ्रुट सी भेराइटीमध्येको रातो र सेतो  जातको फल हो । अहिले तामाङले प्रतिकेजी चार सयका दरले ड्रागन फ्रुट बिक्री गरिरहेका छन् ।

पछिल्लो समय निकै राम्रो मूल्य र बजारमा माग पनि बढेकाले स्थानीय बजार धान्न समेत उत्पादनले नसकेको उनले सुनाए। नाम्दुमा उत्पादित ड्रागन फल जिल्लाको आन्तरिक बजारहरू चरिकोट, तामाकोशी,जिरी, मैनापोखरी र छिमेकी जिल्ला सिन्धुली र रामेछाप मन्थली देखि फार्ममै ड्रागन लिन आउने गरेको व्यवसायी तामाङका छोरा किशोर तामाङले बताए। 

निर्माण व्यवसायीसमेत रहेका उनले यो खेती विस्तारका लागि सुरुमा ५० लाख लगानी गरी सुरु गरेका थिए। पछि आफैंले फार्मबाटै  बिरुवा उत्पादन गर्दै रोप्दै गरेर अहिले ६ हजार वटा पिल्लरमा बिरुवा रहेको र प्रायः सबैले उत्पादन दिन सुरु गरेको बताए। 

ड्रागन फलका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भयको प्रसस्त घाम लाग्नेसुमर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५० – १५० सेन्टिमिटर बर्षा र २० -३० से. तापक्रम हुने ठाउमा खेती गर्दा उत्पादन राम्रो हुने गर्दछ। 

पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भयकोले यसको लागि पानी नजम्ने ठाउँ रूज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १० – ३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिने कृषि प्राविधिक तथा कृषि विज्ञहरु बताउछन्।
सुबास बस्नेत

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : ४२ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध