नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन | Khabarhub Khabarhub

नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहीबार ललितपुरमा महानगरद्वारा प्रकाशित तस्वीरमा–नगर प्रहरी नामक पुस्तकको बिमोचन गर्दै महर्जनले नागरिकको सेवामा केन्द्रीत भइ कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका हुन् ।

 नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको भन्दै उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न सफल भएको समेत बताए ।

महर्जनले महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको जिकिर गरे । उनले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान र व्यवस्थापन गर्दै सुधारका लागि अघि बढेको धारणा राखे ।

पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा गरेका सुधार कामहरूलाई समेटिएको तस्वीर समावेश गरिएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : ०२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि