नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन « Khabarhub

नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहीबार ललितपुरमा महानगरद्वारा प्रकाशित तस्वीरमा–नगर प्रहरी नामक पुस्तकको बिमोचन गर्दै महर्जनले नागरिकको सेवामा केन्द्रीत भइ कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका हुन् ।

 नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको भन्दै उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न सफल भएको समेत बताए ।

महर्जनले महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको जिकिर गरे । उनले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान र व्यवस्थापन गर्दै सुधारका लागि अघि बढेको धारणा राखे ।

पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा गरेका सुधार कामहरूलाई समेटिएको तस्वीर समावेश गरिएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : ०२ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण