अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’ « Khabarhub

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.3k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बिहीबार ढाका पुगेका छन् ।

उनी ढाका एयरपोर्टमा जहाजबाट उत्रिएका छन् । बंगलादेश पुग्नेबित्तिकै उनले अब देशमा कयौँ काम गर्नुपर्ने बताएका छन् ।

उनले बीबीसीसँगको कुराकानीका क्रममा बंगलादेशका जनता उत्साहित रहेको पनि बताए ।

प्राध्यापक युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रुपमा सम्बोधित गरिने छ । उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिन, सैन्य अधिकारी र विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व सुम्पिने निर्णय गरेका हुन्।

बंगलादेशी विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने बताएका थिए। तर विद्यार्थीहरूले युनुसको नेतृत्वमा बन्ने सरकार स्वीकार्ने बताएका थिए ।

मोहम्मद युनुसले पत्रकारसँगको कुराकानीका क्रममा आफूलाई बंगलादेशले दोस्रो पटक स्वतन्त्रता पाए जस्तै महसुस भएको बताए ।

मोहम्मद युनुसले बंगलादेशमा कानुन व्यवस्था बहाली गर्न अपील पनि गरेका छन् । उनले पछिल्ला केही दिनयता देशमा उथल-पुथलको माहोल देखिएको भन्दै अब सम्हाल्ने बेला आएको बताए ।

गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : ४३ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ