काठमाडौं- शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ । पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ । पहिलो पटक बच्चालाई स्तनपान गराउँदा आमाले केही चीजहरू दिमागमा राख्नु आवश्यक छ। सही जानकारीले तपाई र तपाईँको बच्चालाई स्वस्थ राख्न सक्छ।
पानी पिउनुहोस्: स्तनपानको समयमा आफैलाई हाइड्रेटेड राख्नुहोस् । पर्याप्त पानी पिउनुहोस् ताकि दूधको मात्रा कायम रहन र तपाईँ स्वस्थ रहनुहोस्।
मनतातो पानीले धुनुहोस्: मनतातो पानीले आफ्नो स्तनलाई बिस्तारै धुनुहोस्। साबुन प्रयोग नगर्नुहोस् किनकि यसले छालालाई सुख्खा पार्न सक्छ र निप्पललाई क्षति पुर्याउँछ।
निप्पल सफा गर्ने: निप्पल र यसको वरपरको भागलाई सफा कपडा वा नरम तौलियाले हल्का रूपमा पुछ्नुहोस्। यसले फोहोर र अवशेष हटाउनेछ।
आरामदायक ब्रा लगाउनुहोस्: सफा र आरामदायी ब्रा लगाउनुहोस् जुन राम्रोसँग फिट हुन्छ। यसले स्तनहरूलाई समर्थन प्रदान गर्नेछ र हावाको प्रवाह राम्रो हुनेछ। यो पनि दैनिक ब्रा धुने र परिवर्तन गर्न महत्त्वपूर्ण छ।
धैर्य गर्नुहोस्: सुरुमा धैर्य हुनु धेरै महत्त्वपूर्ण छ। बच्चालाई राम्रोसँग दूध पिउन सिक्न केही समय लाग्न सक्छ। उसलाई मायालु ढंगले सिकाउनुहोस् र प्रोत्साहन दिनुहोस्।
सही स्थिति: बच्चालाई सही स्थितिमा समात्नुहोस्। उसको टाउको र शरीर सीधा रेखामा हुनुपर्छ ताकि उसले आरामसँग दूध पिउन सक्छ। बच्चाको मुख निप्पलको अगाडि हुनुपर्छ र उसले यसलाई राम्ररी समात्न सक्छ।
बालबालिकाको लागि स्तनपानको महत्व:
आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । यो सधैँ सफा र सुरक्षित हुन्छ ।
यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्त्वहरू हुन्छ ।
यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्त्वहरू रहेको हुन्छ ।
यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
बालबालिकाको लागि यो पूर्ण खाना हो । यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्त्वहरू पर्याप्त मात्रामा हुन्छ ।
यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।
यो बालबालिकाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्त्वहरू शरीरले राम्ररी सोस्न सक्छ ।
यसले एलर्जी विरुद्ध रक्षा गर्छ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्त्वहरूलाई रगतसम्म पुग्न दिँदैन ।
यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । ६ महिना पछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ ।
आमाको लागि स्तनपनको महत्व:
बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।
बालबालिका जन्मने बित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।
आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैँ सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ । यो कम खर्चिलो हुन्छ ।
आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफूलाई सुरक्षित महसुस गर्छ ।
महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
महिनावारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रूपमा काम गर्छ । विभिन्न एजेन्सिको सहयोगमा
प्रतिक्रिया