बर्दीको इज्जत बढाउनुहोस् : महानिरीक्षक कुँवर « Khabarhub

बर्दीको इज्जत बढाउनुहोस् : महानिरीक्षक कुँवर


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संगठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउनेगरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उनले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिए। 

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका रामदत्त जोशीलाई आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भने, ‘प्रहरीको बर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रित हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत शैली त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा  पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले संगठनको नीतिलाई अङ्गिकार गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ७ : १२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४