युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने « Khabarhub

युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

युक्रेन – युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ ।

युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले पठाएको आदेशअनुसार उभियो, झुक्यो, दौडियो र कुद्यो ।

यसका निर्माताहरूका अनुसार गुपचुप रहने र फुर्तिला यी कुकुरहरू रुसी आक्रमणलाई पछाडि धकेल्न जनशक्तिको अभाव भएको युक्रेनी सेनाका लागि अग्रपङ्क्तिमा अमूल्य सहयोगी बन्न सक्छन् ।

जमिनमा तल पत्ता लगाउन मुस्किल हुनाले रोबोट कुकुरले थर्मल इमेजिङ प्रयोग गरेर शत्रुका खाडलहरू वा युद्ध क्षेत्रमा भवनहरूभित्र निरीक्षण गर्न सक्छन् ।

“हामीसँग निगरानी सैनिक छन् जसलाई सर्वेक्षण मिसनमा पठाइन्छ, उनीहरू प्रायः धेरै उच्च प्रशिक्षित हुन्छन्, अत्यन्त अनुभवी मानिस सधैँ जोखिममा हुन्छन्”, सैन्य उपकरण उपलब्ध गराउने बेलायती कम्पनीमा काम गर्ने तथा आफूलाई ‘युरी’ बताउने अपरेटरले भने, “यी कुकुरहरूले सैनिकहरूका लागि जोखिमलाई सीमित गर्दछन् र परिचालन क्षमतालाई बढाउँछन्, यो कुकुरको प्रमुख कार्य हो ।”

‘ब्याड टु’ का रूपमा चिनिने अर्को उन्नत मोडललाई सुरक्षाका कारण देखाउन सकिएन । प्रदर्शनमा प्रयोग गरिएको उपकरणमा भएको बेट्रीले यसलाई दुई घन्टासम्म चलाउन सक्छ ।

बारुदी सुरुङ वा तात्कालिक विस्फोटक उपकरणहरू पत्ता लगाउन उपयोगी यी रोबोट कुकुरलाई सात किलोसम्मको गोलाबारुद वा औषधिहरू युद्धको मैदानमा तातो स्थानहरूमा लैजान पनि प्रयोग गर्न सकिन्छ ।

“हामीले युुक्रेनमा कति यस्ता कुकुरलाई तैनाथ गर्यौँ म भन्न सक्तिनँ”, युरीले भने, “तर यसले अपरेसनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ र सैनिकहरूको सुरक्षामा वृद्धि गर्नेछ ।”

उनका अनुसार यदि रोबोट कुकुर रुसीको हातमा पर्यो भने आपत्कालीन स्वीचले अपरेटरलाई यसका सबै तथ्याङ्क मेटाउन अनुमति दिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ८ : १९ बजे

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार