युनुसलाई शुभकामना दिँदै मोदीले भने : अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित होस् « Khabarhub

युनुसलाई शुभकामना दिँदै मोदीले भने : अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित होस्


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई शुभकामना दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्स मार्फत युनुसलाई शुभकामना दिँदै हिन्दु र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

शान्ति, सुरक्षा र विकासका लागि दुवै देशका जनताको साझा आकांक्षा पूरा गर्न बंगलादेशसँग काम गर्न प्रतिवद्ध रहेको समेत मोदीले उल्लेख गरेका छन् ।

मोदीले लेखेका छन्, ‘प्रोफेसर मुहम्मद युनुसलाई उहाँको नयाँ जिम्मेवारी सम्हाल्नु भएकोमा शुभकामना । हामी हिन्दू र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्दै सामान्य अवस्थामा चाँडो फर्किने आशा गर्दछौं। शान्ति, सुरक्षा र विकासका लागि हाम्रा दुवै जनताको साझा आकांक्षा पूरा गर्न भारत बंगलादेशसँग काम गर्न प्रतिबद्ध छ।’

गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : २२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको