गीत ‘सिनेमा हेर्न जाऊँ’ : बलिउड गायकको स्वर, विराज पुत्र समीर र सोनुको नृत्य | Khabarhub Khabarhub

गीत ‘सिनेमा हेर्न जाऊँ’ : बलिउड गायकको स्वर, विराज पुत्र समीर र सोनुको नृत्य


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सिनेमा हेर्न जाऊँ’ शीर्षकको गीत सार्वजनि भएको २२ घण्टामै युट्युबको ट्रेन्डिङमा चौथो स्थानमा उक्लिएको छ ।

सार्वजनिक भएको केही घण्टामै शनिबार यो गीतले ट्रेन्डिङमा स्थान बनाएको थियो । बलिउड गायक नकाश अजिजको स्वर रहेको उक्त गीतमा डेब्यू नायक-नायिका समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपालको अभिनय रहेको छ ।

विराजका छोरा समीरले यही फिल्बाट ठूलो पर्दामा डेब्यू गर्दैछन् । दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी नायिक सोनु चन्द्रपालले ‘१२ गाउँ’बाटै नेपाली फिल्ममा डेब्यू गरेकी हुन् ।

भिडियोमा समीर र सोनु रोमान्टिक भावमा प्रस्तुत भएका छन् । सार्वजनिक भएको केही घण्टामै यो गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । चार घण्टामा म्युजिकतर्फ ट्रेन्डिङको उन्नाइसौँ स्थानमा उक्लिएको छ ।

यस गीतका कोरियोग्राफर सुनील क्षेत्री हुन् । उक्त गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत छ ।

असोज २४ बाट प्रदर्शनमा आउने यस फिल्ममा समीर, सोनुसहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्केलगायतको अभिनय छ ।

न्यान्सी र सनिशाको पनि यो डेब्यू फिल्म हो । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुती रहेको यस फिल्मको कथा विराज स्वयमको हो । पटकथा तथा संवाद भने सन्तोष सरकारले लेखेका हुन् ।

एक्सन-थ्रिलर जनरामा बनेको यस फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । यसको द्वन्द निर्देशक तमिल तथा कन्नड फिल्मका स्टन्ट सिल्भा हुन् ।

गीतको लिंक

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : २२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक