गीत ‘सिनेमा हेर्न जाऊँ’ : बलिउड गायकको स्वर, विराज पुत्र समीर र सोनुको नृत्य « Khabarhub

गीत ‘सिनेमा हेर्न जाऊँ’ : बलिउड गायकको स्वर, विराज पुत्र समीर र सोनुको नृत्य


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सिनेमा हेर्न जाऊँ’ शीर्षकको गीत सार्वजनि भएको २२ घण्टामै युट्युबको ट्रेन्डिङमा चौथो स्थानमा उक्लिएको छ ।

सार्वजनिक भएको केही घण्टामै शनिबार यो गीतले ट्रेन्डिङमा स्थान बनाएको थियो । बलिउड गायक नकाश अजिजको स्वर रहेको उक्त गीतमा डेब्यू नायक-नायिका समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपालको अभिनय रहेको छ ।

विराजका छोरा समीरले यही फिल्बाट ठूलो पर्दामा डेब्यू गर्दैछन् । दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी नायिक सोनु चन्द्रपालले ‘१२ गाउँ’बाटै नेपाली फिल्ममा डेब्यू गरेकी हुन् ।

भिडियोमा समीर र सोनु रोमान्टिक भावमा प्रस्तुत भएका छन् । सार्वजनिक भएको केही घण्टामै यो गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । चार घण्टामा म्युजिकतर्फ ट्रेन्डिङको उन्नाइसौँ स्थानमा उक्लिएको छ ।

यस गीतका कोरियोग्राफर सुनील क्षेत्री हुन् । उक्त गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत छ ।

असोज २४ बाट प्रदर्शनमा आउने यस फिल्ममा समीर, सोनुसहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्केलगायतको अभिनय छ ।

न्यान्सी र सनिशाको पनि यो डेब्यू फिल्म हो । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुती रहेको यस फिल्मको कथा विराज स्वयमको हो । पटकथा तथा संवाद भने सन्तोष सरकारले लेखेका हुन् ।

एक्सन-थ्रिलर जनरामा बनेको यस फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । यसको द्वन्द निर्देशक तमिल तथा कन्नड फिल्मका स्टन्ट सिल्भा हुन् ।

गीतको लिंक

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : २२ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले