आज अन्तर्राष्ट्रिय साक्षरता दिवस « Khabarhub

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । 

यस वर्ष साक्षरता दिवसको नारा ‘बहुभाषिक शिक्षाको  प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ रहेको छ । सरकारले २०६५ सालमा निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सुरु गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार अहिलेसम्म ७७ मध्ये ६४ जिल्ला साक्षर घोषणा गरिएको छ । जसमा बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् । घोषणा हुन बाँकीमा मधेस प्रदेशका ८ जिल्ला, कर्णालीका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् ।

आगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी सिकाइका अवसरहरू सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको छ । 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : २८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७