एइजीको मृत्युले अन्तर्राष्ट्रिय क्षेत्रमा ल्याएको तरंग | Khabarhub Khabarhub

एइजीको मृत्युले अन्तर्राष्ट्रिय क्षेत्रमा ल्याएको तरंग

गाजामा युद्धविरामको सम्भावना


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

नौ दिन अघि इजरायलले गाजामा आक्रमण गरेको थियो। यसको प्रतिफल अहिले अन्तर्राष्ट्रिय सम्बन्धमासमेत देखा परेको छ। टर्कीस अमेरिकन महिला आइसनुर एइजीको गाजामा इजरायली सेनाले गरेको आक्रमणका कारण शुक्रबार मृत्यु भएको हो। मृत्युपछि अमेरिकी विदेश सचिव एन्टोनी ब्लीन्केनले वर्तमान अन्तर्राष्ट्रिय नीतिमा कुनै परिवर्तन हुने विषयमा छलफल नभएको जनाएका छन्। टर्कीले भने उनको हत्यालाई गम्भीरतापूर्वक लिएको जनाइसकेको छ।

वेस्ट बैङ्कको प्यालेस्टाइनी भूमि बियल्टामा इजरायलले गरेको कब्जाको विरुद्धमा भएको साताव्यापी प्रदर्शनमा चलाइएको गोली एइजीको टाउकोमा लागेपछि मृत्यु भएको हो।

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जारी गरेको विज्ञप्तिमा हिंसा फैलाउन प्रेरित गर्नेलाई थर्काउने उद्देश्यले गोली प्रहार गरिएको जनाएको छ। विदेशी नागरिकको मृत्यु भएको घटनाले दुखित तुल्याएको आइडिएफले पनि जनाएको छ। एइजी त्यही इन्टरनेसनल सोलीडारिटी मुभमेन्ट (आइएसएम) मा आबद्ध छिन्, जुन मुभेमन्टमा लागि रहँदा सन् २००३ मा अमेरिकी नागरिक राचेल कोरीको ज्यान गएको थियो। प्यालेस्टाइनमा रहेको इजरायली बुल्डोजरलाई रोक्ने क्रममा उनको मृत्यु भएको हो।

एइजी युनिभर्सिटी अफ वासिङ्टनबाट यसै वर्ष ग्रयाजुएट भएकी हुन्। युनिभर्सिटीका अध्यक्ष अन्ना मारी काउसले एइजीको मृत्यु स्तब्ध पूर्ण भएको बताउँदै उनी नयाँ विद्यार्थीलाई सकारात्मक भाव फैलाउँदै स्वागत गर्ने व्यक्तित्व भएको बताएका छन्। आभ्यतारको नामले चिनिने राम साकेलको इजरायली आउट पोस्टको नजिकै बेइल्टाको प्रत्येक दिन प्रदर्शन भएको छ। त्यहाँ मारिने एइजी भने टर्की र अमेरिका दुवै देशको नागरिक हुन्।

अन्तर्राष्ट्रिय कानुन अनुसार त्यो बसाइ गैर न्यायिक हो। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार राफिडिया सरकारी अस्पताल अघि भएको प्रदर्शनको क्रममा सो घटना भएको थियो।

आइएसएमसँगै सहकार्य गरीरहेको अर्को अभियन्ताको समूह फाजामा आबद्ध रहेकी भिभी चेनले पहाडको छेउमा पानी जमेको स्थान नजिक बसिरहेको समयको उनी माथि प्रहार भएको थियो।

भिडियोमा देखाइए अनुसार एइजीको निधारबाट रगत बगिरहेको थियो। उनलाई नाम्बलसको राफडिया अस्पतालमा लगिएको थियो। त्यहाँ मृत घोषित गरिएको हो। चेनको विचारमा एइजी माथिको प्रहार दुर्घटना या संयोग मात्र थिएन। त्यो एउटा लक्ष्य नै थियो।

प्रदर्शनमा सहभागी बेइल्टाका डा. हिसाम डेवकाटका अनुसार सुरुमा अश्रुग्याँस प्रयोग गरिएको थियो। प्रदर्शनमा सहभागी जोनाथन पुलाकका अनुसार शान्तिपूर्ण प्रदर्शनलाई फड्काउने नियतले सुरुमा अश्रुग्याँस प्रयोग गरिएको थियो। त्यसको २० मिनेटपछि गोली प्रहार भएको हो।

पोलाकको अनुसार अन्य गोली भीडमा लक्षित थिए। अर्को चाहिँ एइजीमा प्रहार भएको थियो। नजिकै रहेको प्याजको बोटको बिचमा उनी ढली सकेको थिइन्। अर्को एक प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाएको बताइन्।

सन् २००१ मा आइएसएमको स्थापना भएको हो। सो संस्थाको वेभ साइटमा जनाइए अनुसार प्यालेस्टाइनीको हक र अधिकारका लागि शान्त पूर्वक आवाज उठाउने नीति रहेको जनाइएको छ। उनले पनि अश्रुग्याँस प्रहार भएको जनाएको छ।

‘हामीले अन्तर्राष्ट्रिय निकायलाई अमेरिकी नागरिक माथि गोली प्रहार भएको जानकारी गराएका छौ,’ नाबलसका गभर्नर घासन डगलसले भने‘, ‘गोलीले कुन देशको नागरिक हो पनि चिन्दैन। उ बुढो या युवा भन्ने पनि चिन्दैन।’

अमेरिकन प्यालेस्टाइनी पत्रकार सिरिन अबे अबुखले यो आक्रमणपछि पनि अमेरिकाले निरन्तर हतियारको सहयोग गर्ने बताए।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सिन साभेटले घटनाले दुःख तुल्याएको बताउँदै यसका बारे इजरायलसँग सोधपुछ गर्ने तथा छानबिनलाई जारी राख्ने जनाएको छ। इजरायलका लागि अमेरिकी राजदूत ज्याक लले एइजी टर्कीमा जन्मिएको तथ्य भए पनि अन्य धेरै विषय छानबिन गर्ने जनाएका छन्।

टर्की विदेश मन्त्रालयका प्रवक्ता अंकु कालुसीले यस घटनाको बारे आवाज उठाउन जरुरी भएको प्रतिक्रिया दिएका छन्।

नौ दिन अघि इजरायलले सुरु गरेको आक्रमणमा हवाई आक्रमण र सडकमा बुल्डोजर समेत प्रयोग भएको थियो। इजरायलका विदेश मन्त्री इजरायल काट्जले भने इस्लामिक इरानी आतङ्कवादको संरचनालाई भत्काउनका लागि आक्रमण भएको प्रतिक्रिया दिएका छन्। उनले अहिले इरानले हमाससँग मिलेर गाजा तथा हिजबुल्लाहसँग मिलेर दक्षिणी लेबनानमा गतिविधि बढाउन गतिविधि गरीरहेको जनाएका छन्।

इजरायलका अधीनस्थ गाजाका बासिन्दा अहिले संरचना भत्काइएको बताएका छन्। ३६ वर्षीया लाइना अल अमाउरीका अनुसार उनी र श्रीमान् ज्यान जोगाउन बाहिर निस्के पनि शान्त भएको खबर सुनेर फर्किएको बताएका छन्। जेनिन र टल्केरमबाट सेना शुक्रबार फर्किएको हो। तथापि इजरायली अधिकारीले जेनिनमा आक्रमणको अन्त्य नभएको जनाएको छ।

७ अक्टोबरका दिन दक्षिणी इजरायलमा हमासले आक्रमण गरे यता गाजामा लगातार आक्रमण भइरहेको छ। पूर्वी जेरुसेलम र अधिनस्थ गाजामा इजरायली सेनाले करिब सात सय जनाको ज्यान लिइसकेको छ।

यो युद्धका कारण सर्वत्र क्षति भएको छ। तथापि यस युद्धमा कोही पनि हार्न या झुक्न चाहँदैनन्। तर युद्ध घातक भएको आभास सबैलाई छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई प्राप्त सूचना अनुसार जो बाइडेनको शासन सकिनु अघि नै युद्ध विरामको सम्भावना छ।

अमेरिकाले हमासमा नेता याय सिनवार नै युद्ध विरामको पक्षमा भए पनि पछिल्लो समय ६ जना बन्दीको ज्यान लिइएका कारण घटनालाई गम्भीर बनाएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका लगायत अन्तर्राष्ट्रिय सहयोगीले नभनेसम्म गाजाबाट फिर्ता नहुने जनाएका छन्।

अहिले बाँकी रहेका सय बन्दीलाई फिर्ता गर्न नसकेका कारण इजरायलमा नेतेन्याहुको विरुद्धमा प्रदर्शन भइरहेको छ। यसरी बन्दी भएका मध्ये धेरै अमेरिकी पनि छन्। अमेरिकी अधिकारी हमासका धेरै नेता युद्ध विरामको पक्षमा नरहेको कारण चिन्तामा छन्। उनीहरूको चासो पनि बन्दी रिहाइको विषय नै हो।

इजरायललाई गरिरहेको सहयोगको निरन्तरता भने इजरायलकै व्यवहारमा निर्भर रहने जनाइएको छ। बाइडेनलाई अर्को पनि डर छ। यदि युद्ध विरामको प्रयास सफल भएन या गाजामा रहेको अमेरिकी बन्दीलाई फिर्ता गराउन सकिएन भने यसले निर्वाचनमा उनको दललाई असर गर्ने चिन्ता छ।

युद्ध विराममा प्रयास गर्नेसँग बाइडेन निरन्तर फोन सम्पर्कमा छन्। हमास नेता इस्माइल हानियेको मृत्यु युद्ध विरामका लागि अर्को चासोको विषय हो। अहिले युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको चासो छ। बल अहिले अब हमास र इजरायलकै कोर्टमा छ। स्रोतः सिएनएन

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ३४ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन