राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड « Khabarhub

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

उनले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गरेपछि उक्त कुरामा जोड दिएकी हुन् ।

मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् । केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उनको कथन थियो ।

केन्द्रलाई मन्त्रालयबाट हरसम्भव सहयोग हुने पनि उनले बताइन् । मन्त्री मेहताले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति मन्त्रालयले सहयोग गर्ने बताइन् ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ९ : ५४ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका