सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै « Khabarhub

सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै छ ।

अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग दिउँसो १ बजे छलफल गर्ने तयारी समितिले गरेको छ।

समितिले सहकारीको आर्थिक समस्या हल गर्न सरकारी गर्ने कदम, समस्या समाधानका उपाय र सरकारी सहयोगबारे छलफल गर्न लागेको हो ।

यस्तै, हालसम्म देखिएका सहकारीका समस्याबारे अर्थमन्त्री र गभर्नरलाई जनकारी गराउँने कार्यक्रम रहेको समितिका एकजना सदस्यले बताएका छन् ।

समितिले यतिखेर सहकारी क्षेत्रका समस्या केलाइरहेको छ । सहकारीका समस्या समाधान गर्ने भन्दै तीन महिनादेखि विभिन्न व्यक्ति र निकायसँग समितिले निरन्तर छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १२ : २९ बजे

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,