खेलकुद

इंग्ल्यान्डका क्रिकेटर मोइन अलीले लिए सन्‍न्‍यास

By खबरहब

September 08, 2024

काठमाडौं- इंग्ल्यान्ड क्रिकेट टीमका अलराउन्डर मोइन अलीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

मोइन अली सन् २०२४ मा खेलिएको टी-२० विश्वपकमा इंग्ल्यान्ड क्रिकेट टीमका सदस्य थिए ।

मोइनले सन्न्यासको घोषणा गर्दै भनेका छन्, ‘म ३७ वर्षको भएको छु । म अघिल्लो महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागिसमेत सदस्यका रुपमा छैन । मैले इंग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेँ । अब नयाँ पिढीको समय आएको छ । मैले आफ्नो काम गरेँ । अब अलबिदा भन्ने सही समय यही हो ।’

आफ्नो इन्टरनेशनल करिअरमा मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट म्याच खेले । जसमा उनले ३०४९ रन बनाए, २०४ विकेट पनि लिएका छन् ।

अर्कातिर मोइनले १३८ एक दिवसीय म्याचमा २३५५ रन बनाएका छन् । उनले एक दिवसीमै १११ विकेट पनि आफ्नो नाममा लेखाएका छन् ।

टी-२० मा मोइनले ९२ खेल खेल्दै १२२९ रन बनाएका छ्न् । बलिङतर्फ उनले ५१ विकेट पनि लिएका छन् ।