इंग्ल्यान्डका क्रिकेटर मोइन अलीले लिए सन्‍न्‍यास « Khabarhub

इंग्ल्यान्डका क्रिकेटर मोइन अलीले लिए सन्‍न्‍यास


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्यान्ड क्रिकेट टीमका अलराउन्डर मोइन अलीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

मोइन अली सन् २०२४ मा खेलिएको टी-२० विश्वपकमा इंग्ल्यान्ड क्रिकेट टीमका सदस्य थिए ।

मोइनले सन्न्यासको घोषणा गर्दै भनेका छन्, ‘म ३७ वर्षको भएको छु । म अघिल्लो महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागिसमेत सदस्यका रुपमा छैन । मैले इंग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेँ । अब नयाँ पिढीको समय आएको छ । मैले आफ्नो काम गरेँ । अब अलबिदा भन्ने सही समय यही हो ।’

आफ्नो इन्टरनेशनल करिअरमा मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट म्याच खेले । जसमा उनले ३०४९ रन बनाए, २०४ विकेट पनि लिएका छन् ।

अर्कातिर मोइनले १३८ एक दिवसीय म्याचमा २३५५ रन बनाएका छन् । उनले एक दिवसीमै १११ विकेट पनि आफ्नो नाममा लेखाएका छन् ।

टी-२० मा मोइनले ९२ खेल खेल्दै १२२९ रन बनाएका छ्न् । बलिङतर्फ उनले ५१ विकेट पनि लिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : ४९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका