विश्व फिजियो थेरापी दिवस मनाइँदै « Khabarhub

विश्व फिजियो थेरापी दिवस मनाइँदै


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व फिजियो थेरापी दिवस हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन शुरु गरिएको फिजियो थेरापिष्टहरु बताउँछन् । दिवसको यस वर्षको नारा कम ढाड दुखाइ र यसको व्यवस्थापन तथा रोकथाममा फिजियोथेरापीको भूमिका भन्ने राखिएको छ ।

विश्वका विभिन्न देशहरूमा धेरै पहिलेदेखि नै फिजियो थेरापी पद्धतिद्वारा उपचार गर्ने गरिएको भए पनि नेपालमा भने सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिएको पाइएको छ । त्यसयता नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ ।

अहिले बिस्तारै फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू बढ्दै गएका र विभिन्न रोगहरुमा यो उपचार पद्धति प्रभावकारी भइरहेको वीर अस्पताल फिजियो थेरापी युनिटका प्रमुख डा.विनय कँडेल बताउँछन् ।

अहिले यसको अध्ययन अध्यापन पनि नेपालमै भइरहेको र यसप्रति विद्यार्थीको आकर्षण पनि बढेको डा.कँडेलले बताए ।

कँडेलका अनुसार सामान्यतः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । कतिपयलाई औषधिले काम नगर्दा पनि  फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ ।

स्वास्थ्य जीवन जिउनका लागि फिजियो थेरापीको महत्त्वपूर्ण भूमिका रहने डा. कँडेलले बताए । बालबालिकादेखि लिएर वृद्धावस्थासम्म चाहिने उपचार हो ।

न्युरोलोजिकल डिसअर्डर, अटिजमलगायत समस्या भएका बच्चामा पनि यो निकै उपयोगी हुने उनले बताए । त्यस्तै युवा, महिला र वृद्धावस्थामा हुने ढाड कम्मर दुख्ने लगायत समस्या भएमा फिजियो थेरापी उपयोगी हुने भएकाले निकै नै प्रभावकारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १ : ५८ बजे

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध