सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन « Khabarhub

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर नम्बर २’ को छायाङ्कन पूरा भएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले २५ दिनमा छायाङ्कनको काम पूरा भएको जानकारी दिएका हुन् ।

निर्देशक खनालले सार्वजनिक गरेको इन्ड क्ल्याप समारोहको तस्बिरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी लगायतलाई देख्न सकिन्छ ।

खनालले छायाङ्कनमा सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन् । यस फिल्मको छायाङ्कन काठमाडौं आसपासकै क्षेत्रमा गरेको बुझिएको छ ।

यो फिल्मको निर्माण पक्ष गत साउन २५ गते छायाङ्कनमा निस्किएको थियो । फिल्ममा आर्यन र उपासनासहित निश्चल बस्नेत, खगेन्द्र लामिछाने र केकी अधिकारी शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यसअघि नै फिल्मको प्रदर्शन मिति माघ ११ गतेलाई तोकिएको छ । सोसल ड्रामा जनरामा बन्ने यस फिल्मको लेखक बुद्धिसागर हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा बन्ने यस फिल्मका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ३१ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा