समाचार

चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन 

By खबरहब

September 08, 2024

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ ।

मन्त्रालयले  चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको  हो ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिए ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि चाडपर्वहरूमा  सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आग्रह गरे ।