चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह | Khabarhub Khabarhub

चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

चितवन – चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।

मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार आफ्नो विभागमा दैनिक आउने बिरामीमध्ये २० प्रतिशत चिसोका समस्या भएर आउने गरेका छन् । उनले भने, “चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, घाँटी दुख्नेजस्ता समस्याका बिरामी बढेका छन् ।”

मुटुको समस्या र उच्च रक्तचापका बिरामीले चिसोमा हिँड्न उचित नहुने उनको भनाइ छ । हिँड्नै परेमा न्यानो कपडा लगाउने, नाक, मुख, टाउको घाँटी छोपेर, हातमा पन्जा लगाएर हिँड्दा उत्तम हुने उनले बताए ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताए । चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उनले बताए ।

यसैगरी जोर्नी दुखाइका बिरामीको सङ्ख्या पनि अस्पतालमा बढेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले पछिल्लो समय जोर्नीको दुखाइ, रुघाखोकी, ज्वरो, दम, छालाका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् ।

उनले भने, “यस्ता बिरामी कम हुने समय हो, तर अहिले चिसोका कारण यस्तो समस्या लिएर आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ ।”

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ४१ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ