रणवीर-दीपिकालाई पुत्रीलाभ ! « Khabarhub

रणवीर-दीपिकालाई पुत्रीलाभ !


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायिका दीपिका पादुकोणले छोरी जन्माएकी छिन्‌ । मुम्बईंको एचआर रिलान्स हस्पिटलमा आइतबार उनले छोरीलाई जन्म दिएकी हुन् ।

रणवीर सिंह र दीपिका दुवैले सामाजिक सञ्जालमार्फत् छोरीको आगमन भएको जानकारी दिएका छन् । बलिउड कलाकार, आफन्त र समर्थकहरुले यो जोडीलाई बधाई दिएको छ ।

गत फेब्रुअरी महिनामा दीपिकाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । पहिलो सन्तानको स्वागत र गर्भवती श्रीमतीसँग समय बिताउनका लागि रणवीरले लामो समयदेखि फिल्ममा काम गरेका छैनन् ।

केही हप्ता अगाडि सन्तानको जन्म भएपछि बस्नका लागि यो जोडीले मुम्बईंस्थित बान्द्रामा १ अर्ब भारुमा नयाँ अपार्टमेन्ट किनेको समाचार भारतीय मिडियाहरूले प्रकाशन गरेका थिए ।

रणवीर र दीपिकाले सन् २०१८ डिसेम्बरमा विवाह गरेका थिए । विवाहपछि पनि दुवै जना बडिउडमा सक्रिय छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : २७ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’