सुन्दरीजल घुम्न लगेर प्रेमिकाको हत्या, ढुंगाको चेपमा लुकाएका थिए शव « Khabarhub

सुन्दरीजल घुम्न लगेर प्रेमिकाको हत्या, ढुंगाको चेपमा लुकाएका थिए शव


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाहीका एकजना युवकले प्रेमिकालाई घुम्न जाऊँ भनेर सुन्दरीजलमा पुर्‍याएपछि हत्या गरेको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रेमिकाको हत्या गरेको अभियोगमा उनका प्रेमी र साथीलाई पनि पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी नामकी युवतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले उनका प्रेमी भनिएकासहित २ जनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय रामविनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ का २४ वर्षीय सन्तोष राम महरा छन् । रामविनय ज्यान गुमाएकी युवतीका प्रेमी रहेको खुलेको छ।

प्रहरीका अनुसार ती युवतीको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बोक्से दहको ढुंगाको च्याप बिहीबार स्थानीयले देखेका थिए ।

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुवैजनालाई काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका रामविनयको सन्तोष राम पनि संलग्न भएर युवतीलाई सुन्दरीजल पुर्‍याएपछि डिलबाट धकेलेर लडाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डिलबाट लडाएपछि युवतीको टाउकोमा ढुंगाले हानेर ज्यान लिइएको थियो ।

उनीहरूले ती रामविनयकी प्रेमिका रहेकी ती युवतीको हत्यापछि बोक्से दहको ढुंगाको च्यापमा शवलाई लुकाइदिएका थिए । रामविनयले घुम्न जाने प्रस्ताव गरेपछि सुन्दरीजल पुगेकी प्रेमिकाले प्रेमी र उनका साथीको हातबाट ज्यान गुमाउनु परेको निष्कर्ष प्रहरीले निकालेको छ। दुवैजनालाई कर्तव्य ज्यान अभियोगमा आइतबार जिल्ला अदालत काठमाडौंबाट म्याद लिइएको छ ।

सडकमा बसेर जुत्ता सिलाउने रामविनय र मजदुरी गर्ने राम दुलारी प्रेमसम्बन्धमा थिए । तर यी दुईजनाबीचको विवादबारे प्रहरीले केही खुलाएको छैन ।

प्रहरीले तत्काल मृतक युवतीको नाम, थर, वतन खुल्ने विवरण तथा कागजात केही फेला नपरेपछि अनुसन्धानमा समस्या भएको जनाएको छ । तर प्राविधिक पक्ष तथा स्थानीयले दिएको सूचना र सीसीटीभी फुटेजकासमेत आधारमा अनुसन्धान गर्ने क्रममा ती दुईजनलाई पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : २३ बजे

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा