जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीलाई रु पाँच लाख ७८ हजार ५५५ र १६ थान कौडासहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस्तै तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौँ मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई रु एक लाख ५० हजार ५४० र चार बुक ताससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ६ : ३० बजे

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

म्याड्रिड- आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी

लागूऔषधसहित पाँच पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक

डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी