हवाई दुर्घटना छानबिनका लागि अर्को उच्चस्तरीय समिति बनाउने तयारी « Khabarhub

हवाई दुर्घटना छानबिनका लागि अर्को उच्चस्तरीय समिति बनाउने तयारी

मन्त्री पाण्डे भन्छन्- उड्ययन क्षेत्र विश्वासनीय बनाउनुको विकल्प छैन


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएहरूको ४५ औँ पुण्य तिथीमा ‘म्याप मेमोरियल सोसाइटी’ले आइतबार भक्तपुरमा गरेको ‘के नेपालको आकाश सुरक्षित छ ?’ बिषयक अन्तक्रिया कार्यक्रममा मन्त्री पाण्डेले अर्को उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हुन् ।

नेपालको हवाई दुर्घटनापछिको प्रतिवेदनलाई एकीकृत गरि अध्ययन र नागरिक उड्ययन क्षेत्रलाई विश्वासनीय बनाउन उच्चस्तरीय अध्ययन समिति गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहको उनले बताए ।

मन्त्री पाण्डेले नियमनकारी निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा नागरिक उड्ययन क्षेत्रमा समस्या र गुनासा आएकाले दुई निकायलाई छुट्याउने गरि विधेयक तयार भएको बताए । उनले यो विधेयक चाँडै मन्त्रिपरिषद्‍बाट अघि बढ्ने पनि बताए ।

हवाई क्षेत्रका बीमा लगायत विभिन्न ऐन समयानुकुल अघि बढाइने उनले जानकारी दिए । गैरसैनिक हवाई ऐन निकै पुरानो भएकाले परिमार्जन गर्ने गरि मन्त्रालयले तयारी गरेको उनको भनाइ छ ।

मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि गठित समितिले छानबिन गरिरहेको बताउँदै सरकारले हस्तक्षेप नगर्ने जिकिर गरे ।

छानबिन समितिले उचित निष्कर्ष निकालेर दिने प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बचन पनि मन्त्री पाण्डेले दिएका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : ५४ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको