कक्षा कोठामा पानी पस्दा विद्यार्थी चौरमा पढ्न बाध्य « Khabarhub

कक्षा कोठामा पानी पस्दा विद्यार्थी चौरमा पढ्न बाध्य


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हुम्ला – शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी आज चौरमा पढ्न बाध्य भएका छन् ।

कक्षा १, ३ र ५ का ऐच्छिक विषय पढ्ने विद्यार्थीलाई आज चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए । राति आएको वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको उहाँले जानकारी दिए ।

वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ ।

“हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । यस विषयमा स्थानीय सिमकोट गाउँपालिकाको ध्यानाकर्षसमेत गराइएको छ । राती पानी पर्दा कक्षाकोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा बजारको होहल्लाले समस्या हुने गरेको छ”, प्रधानाध्यापक रोकायाले भने।

यस्तै, सिमकोट गाउँपालिका–७ जबुका गाउँस्थित डाँडाफयाको खेल बस्तीदेखि औल बस्तीसम्म आवतजावत गर्ने जबुका खोलाको बाटो अवरुद्ध हुँदा समस्या भएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : २४ बजे

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल