समाचार

आजका समाचार : चेक बाउन्समा दुई वर्षसम्म कैद सजाय, पलेशालाई कांग्रेसको ५ लाख, बाइडेन धेरै बिदा लिने राष्ट्रपति

By खबरहब

September 08, 2024

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।

चेक बाउन्समा एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।

पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

पारा ओलम्पिकमा ऐतिहासिक कास्य विजेता तेक्वन्दो खेलाडी पलेशालाई कांग्रेसले नगद ५ लाख रुपैयाँसहितसहित सम्मान गरेको हो ।

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

सहकारीबाट ऋण लिनेले तिर्नु पदैन भन्ने भ्रम नराख्नुहोस् : अर्थमन्त्री पौडेल

विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगाएतसँग छलफल गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो ।

सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै

निजी क्षेत्रको मनोबल बढाउन सरकार संवेदनशील छ : अर्थमन्त्री पौडेल

हवाई दुर्घटना छानबिनका लागि अर्को उच्चस्तरीय समिति बनाउने तयारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएहरूको ४५ औँ पुण्य तिथीमा ‘म्याप मेमोरियल सोसाइटी’ले आइतबार भक्तपुरमा गरेको ‘के नेपालको आकाश सुरक्षित छ ?’ बिषयक अन्तक्रिया कार्यक्रममा मन्त्री पाण्डेले अर्को उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हुन् ।

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

माओवादी संविधान संशोधन विरोधी होइन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हक अधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे ।

कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड

नदीकिनारको थप २० मिटर खाली गराउने फैसलाविरुद्ध आन्दोलित हुन नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपत्यकास्थित नदीकिनारबाट थप २० मिटर जमिन खाली गराउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले नदीकिनाराका जमीन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम थाल्न निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालको निर्देशनअनुसार समाजवादी पार्टी जनताको पक्षमा उभिएर अदालतको निर्णयबारे सबै किसिमका सम्वाद गर्दै दबाबमुलक कार्यक्रम गर्ने भएको छ।

थप २० मिटर छोड्नुपर्ने फैसलाले खैलबैला, स्थानीय आन्दोलित (तस्बिरहरू)

नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइँदैन : बालेन

श्रीमतीले दायर गरेको मुद्दामा दोषी लुम्बिनीका कांग्रेस सांसद केसी जेल चलान

नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ जेल चलान भएका छन् ।

लामो समयदेखि फरार सूचीका उनी आइतबार जिल्ला अदालत रुकुमपूर्वमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।

पहिरोमा बेपत्ता वडासदस्य दम्पतीको शव भेटियो

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए ।

पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको उनले बताए ।

अर्थसंक्षेप : चेक बाउन्समा दुई वर्षसम्म कैद सजाय हुने, निजी क्षेत्रलाई अख्तियारको डर

अन्तर्राष्ट्रिय …

एलन मस्कको मंगल मिशन : दुई वर्षभित्र पहिलो स्टारशिप पठाउने

ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते

बाइडेन बने अहिलेसम्मकै धेरै बिदा लिने अमेरिकी राष्ट्रपति

भारतमा पनि एमपक्सको शंकास्पद घटना, बिरामीलाई आइसोलेट गरियो

भारतीय प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकारले गरे ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन

विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलाको अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

एइजीको मृत्युले अन्तर्राष्ट्रिय क्षेत्रमा ल्याएको तरंग

खेलकुद

एन्फा महिला लिग : कोशी प्रदेशको तेश्राे जित

इंग्ल्यान्डका क्रिकेटर मोइन अलीले लिए सन्‍न्‍यास

संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता