अर्थसंक्षेप : चेक बाउन्समा दुई वर्षसम्म कैद सजाय हुने, निजी क्षेत्रलाई अख्तियारको डर | Khabarhub Khabarhub

अर्थसंक्षेप : चेक बाउन्समा दुई वर्षसम्म कैद सजाय हुने, निजी क्षेत्रलाई अख्तियारको डर


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

निजी क्षेत्रलाई अख्तियारको डर, लगानी निरुत्साहित हुने भन्दै गुहारियो मुख्यसचिव

निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवम् शुभकामना दिने क्रममा विधेयक सच्याउन ध्यानाकर्षण गराएको हो ।

हवाई दुर्घटना छानबिनका लागि अर्को उच्चस्तरीय समिति बनाउने तयारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएहरूको ४५ औँ पुण्य तिथीमा ‘म्याप मेमोरियल सोसाइटी’ले आइतबार भक्तपुरमा गरेको ‘के नेपालको आकाश सुरक्षित छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले अर्को उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हुन् ।

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर 

कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

यसअघिको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।

रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।  संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि 

साताको पहिलो शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अंकले घटेको छ । आज नेप्से ०.९३ प्रतिशतले घटेर २७०१.९० विन्दुमा पुगेको छ ।

आज प्रि–ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । आज उच्चतम २७६० विन्दु र न्यूनतम २६९७ विन्दु सम्म नेप्से परिसूचक पुग्यो ।

आज दिनभरमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० किनबेच भएको छ ।

आज ३२८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

भगवती हाइड्रोले १४ प्रतिशत बोनस दिने 

भगवती हाइड्रोपावरले १४ प्रतिशत लाभांश (बोनस) दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको १०.७३६८ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार ६८४ रुपैयाँ कर सहित नगद बोनस दिने भएको छ ।

धान चामल आयात ४०% घट्यो, भन्सार छली कि उपभोग कटौती ?

नेपालमा अघिल्लो अवधिको तुलनामा गत आर्थिक वर्षमा धान चामल आयात ४० प्रतिशतले घटेको छ । यसरी आयात ह्वात्तै घट्नुमा व्यापारीले बदमासी गरेका या उपभोग नै कटौती भएको भन्नेबारे सरकार अनभिज्ञ देखिएको छ ।

भन्सार विभागको वार्षिक तथ्याङ्कअनुसार आघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा नेपालमा धान चामलको आयात मूल्यका आधारमा ४० प्रतिशतले घटेको देखिएको हो ।

विभागले तयार गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०८०÷८१ मा नेपालमा २१ अर्ब ३४ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको छ । जुन धानको बिउ र कनिका बाहेकको मूल्य हो । जब कि अघिल्लो आर्थिक वर्ष ०७९÷८० मा नेपालमा ३५ अर्ब ६२ करोड ११ लाख ६८ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका काम भइरहेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १२ सय रुपैयाँले घटेर एक लाख ५२  हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने 

माण्डु हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३७ हजार रुपैयाँको १२ प्रतिशत १६ करोड ३६ लाख ३७ हजार ४४० रुपैयाँ बोनस दिने भएको छ । उक्त बोनस कर सहित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साउन १४ गते बस्ने साधरणसभाबाट पारित भएको उक्त बोनस दिने कम्पनीले जनाएको छ । सभा काठमाडौंको नयाँ बाजरमा बस्ने छ ।

चेक बाउन्समा एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : २६ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट