उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग  « Khabarhub

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् ।

उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न माग गर्दै अघिल्लो वर्षभन्दा मूल्य बढाउन ध्यानाकर्षण गराएका छन् ।

नवलपरासी– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीको निर्वाचन क्षेत्र उखु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । गत वर्ष सरकारले तोकेको अनुदानवापतको रकम किसानले अहिले पनि नपाएको र केही  चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको सांसद चौधरीले बताए ।

उनले बजारमा बढेको महँगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरेका छन् ।  उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी वापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल एक सय रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका  छन् ।

साथै सांसद चौधरीले नवलपरासी जिल्ला केरा तथा उखुको पकेट क्षेत्र भएकाले उल्लेख गर्दै हाल प्राप्त मलको कोटा अपुग भएकाले कोटा वृद्धि गर्न पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : ०० बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल