तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

By खबरहब

October 08, 2024

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान सिन्धुलीको खुर्कोट पुगेर त्यहाँ भइरहेको सहयोग र पुनर्निर्माणबारे जानकारी लिएका हुन् ।

मन्त्रीहरूले सिन्धुलीसँगै आज काभ्रेपलाञ्चोक, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

मन्त्रीहरुले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनर्निर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गरेका छन् ।