अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने | Khabarhub Khabarhub

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको  कन्सर्ट १४ डिसेम्बर २०२४ मा हयात होटलको आँगनमा हुनेछ ।

सन् २०२२ मा नौटियालले उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड पाईसकेकाछन् । फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।

 ‘हाम्रो मिशन भनेको अटिजम भएका व्यक्तिहरू सहित समावेशी समाज सिर्जना गर्नु हो । अटिजम भएका व्यक्तिले अटिजम सहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु हाम्रो उद्देश्य हो,’ श्रेष्ठले भनिन् ।

श्रेष्ठ पनि अटिजम ग्रस्त बालककी आमा हुन् । उनको चार वर्षको छोरालाई अटिजम छ । उनको छोरालाई १८ महिनाको उमेरमा अटिजम देखा परेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’