जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस् « Khabarhub

जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस्


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चर्चित अभिनेत्री मनीषा कोइरालाले जुम्लाको अर्गानिक स्याउ खान अपिल गरेकी छिन् । जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग उभिएर कोइरालाले नेपालमै उत्पादित स्याउ प्रयोग गर्न आग्रह गरेकी हुन् । 

ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याइदिनुभयो । हामीले अर्गानिक र नेपालमै उत्पादित खानुपर्छ,’ कोइरालाले भनिन्, ‘कस्तो स्वादिष्ठ र पौष्टिक छ । हेर्दा चम्किलो नभएपनि खाँदा मिठो छ ।’ 

सांसद शाहीले जुम्लाको स्याउ ब्रान्डिङका लागि विभिन्न सेलिब्रेटीसँग भेट गरिरहेका छन् । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएर संसदमा भाषण गरेका थिए । जुम्लाका किसानले उत्पादन गरेको स्याउ बेच्न उनले विभिन्न निकायसँग पहल पनि गरेका छन् । 

स्याउको ढुवानीमा अनावश्यक व्यवधान खडा गरिएको भन्दै उनले संसदबाट विरोधसमेत गरेका थिए । प्रचार–प्रसार भएपछि यसपटक जुम्लाको स्याउले बजार पाएको किसानहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०२ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी