नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग « Khabarhub

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।

देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताए ।

 भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उहाँले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थयलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा