बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित « Khabarhub

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ढाका– भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । 

राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी)का अनुसार मैमनसिंह, शेरपुरनेर्तोकोना गरी तीन जिल्लाका तल्लो क्षेत्रमा बाढी आएको हो ।

केन्द्रको  पछिल्लो तथ्यांकअनुसार सोमबारसम्म बाढीमा चार पुरुष र दुई महिलासहित छ जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार बाढीले मानव जीवन, भौतिक सम्पत्ति तथा र बालीनालीलाई ठूलो क्षति पुर्याएको छ ।

बाढी प्रभावित जिल्ला शेरपुरमा बाढीको स्थिति केही सुधार भए पनि नेर्तोकोनामैमनसिंहका केही भागमा बाढीको अवस्था बिग्रँदै गएको जनाइएको छ । बाढीको प्रभाव बढ्दै जाँदा जमिनको ठूलो भूभाग डुबानमा परेको छ ।

बङ्गलादेश र यसको वरपरका सीमावर्ती उत्तरपूर्वी भारतीय क्षेत्रहरूमा भारी वर्षापछि अक्टोबर ४ मा सुरु भएको वर्षापछिको बाढीबाट दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।

मैमनसिंह डिभिजनका वरिष्ठ अधिकारी ओम्मी सलमा तान्जियाले जिल्लामा समग्र बाढीको अवस्था सुधार भए पनि हजारौँ परिवार अझै पनि आश्रयमा रहेको र शेरपुर सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा देखापरेको बताए।

 उनका अनुसार सीमावर्ती जिल्लाका केही क्षेत्रहरू अझै पनि सडक सञ्जाल प्रभावित हुँदा टाढा–टाढाका प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन असहज भइरहेको छ ।

बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले सोमबार जारी गरेको बाढी बुलेटिनमा स्थानीय जिन्जिराम नदी र सोमेश्वरी नदी खतराको निशानभन्दा माथि बगिरहेको देखाएको छ ।

अधिकारीहरूले उद्धार तथा राहत सामग्री वितरण गर्न र बाढी प्रभावित मानिसहरूले शरण लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिक्रियाको टोली पठाएका छन् ।

यसअघि अगस्टमा आएको बाढीले बङ्लादेशको पूर्वी क्षेत्रका कृषि, पूर्वाधार र अन्य क्षेत्रहरूमा एक खर्ब ४४ अर्ब २१ करोड टाका क्षति पुर्याएको थियो । दक्षिणपूर्वी बङ्गलादेशमा बाढीबाट कम्तीमा ५६ लाख मानिस प्रभावित भएका छन भने ५२ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ४९ बजे

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई