आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी « Khabarhub

आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले मंगलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशंकाबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ । 

‘इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ’, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ । 

इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिएका हुन् । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो । 

सोमबार एउटा आधिकारिक बयानमा अराघचीलाई उद्धृत गर्दै इरानले क्षेत्रमा युद्ध नचाहेको बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानका तेल प्रतिष्ठानहरूमा आक्रमण नगर्न सावधान गराएका थिए । इरान विश्वका शीर्ष १० कच्चा तेल उत्पादनमध्ये एक हो । 

इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका जनरल रसुल सनाइरदले आइतबार इजरायललाई आणविक वा ऊर्जा केन्द्रहरूमाथि हुने कुनै पनि आक्रमणले ‘चेतावनी स्तर’ पार गर्ने चेतावनी दिएका थिए । 

सन् २०२२ मा एक अधिकारीले इरानसँग आणविक हतियार उत्पादन गर्ने प्राविधिक क्षमता रहेको बताएपछि इरानले आफ्नो आणविक महत्त्वाकांक्षामा कुनै परिवर्तन नभएको कुरामा जोड दिएको थियो ।

गत वर्ष इरानले युरेनियम संवर्धनको गति कम गरे पनि त्यसपछि सन् २०२३ को अन्त्यतिर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनलाई तीव्र बनाएको थियो । 

सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक पर्दछ । इरानले आणविक हतियार क्षमता विकास गर्ने कुनै महत्त्कांक्षा राखेको कुरालाई सधैँ अस्वीकार गर्दै आएको छ र आफ्ना गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण रहेको कुरामा जोड दिँदै आएको छ । 

इरानी आणविक केन्द्रहरूमा हुने कुनै पनि आक्रमणले ‘इरानको प्रतिक्रियाको प्रकारमा प्रभाव पार्ने’ जनरल सनाइरदले बताए । 

तेहरानले इजरायलमाथि गरेको आक्रमणमा करिब दुई सय क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । बेरुतमा भएको हवाई आक्रमणमा इरान समर्थित लेबनानी आन्दोलन हिजबुल्लाहका नेता हसन नसरल्लाह र तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको मृत्युको जवाफमा उक्त आक्रमण गरेको इरानले बताएको थियो । 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : ४३ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वाग्मती– पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट

जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव 

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम

कुलमानले ल्याएको सडक मर्मत एम्बुलेन्सले कसरी गर्छ काम ?

काठमाडौं – काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा