समाचार

बाढीपीडितलाई नगद सहयोग

By खबरहब

October 08, 2024

धरान– यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण सुरु गरेको हो । उक्त बाढीपीडितलाई प्रति परिवार १५ हजारको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए।

उनका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडा कार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ । 

नगर प्रमुख कार्कीले भने, ‘केही दिन अगाडिको भारी वर्षासँगै बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।’