उदयपुरलाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग « Khabarhub

उदयपुरलाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी एमाले जिल्ला कमिटी उदयपुर  जिल्लालाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेको छ । 

एमाले उदयपुरले सदरमुकाम गाईघाटमा  पत्रकार सम्मेलनको आयोजना गरी यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले उदयपुरको धेरै स्थानमा क्षति पुगेकाले संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको हो ।

असोज पहिलो हप्ता परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोका कारण उदयपुरमा तीन जनाको ज्यान गएको, खानेपानी, सिंचाई, सडक, पुल पुलेसा, कुलो लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको उदयपुर एमालेमा अध्यक्ष भागवत राउतले जानकारी दिए ।

उनले बाहिरबाट हेर्दा बाढी पहिरोले शान्त देखिएपनि स्थलगत रुपमा हेर्दा उदयपुरका धेरै स्थानमा क्षति पुगेकाले उदयपुरलाई बाढी पहिरो प्रभावित जिल्लाको सूचीमा राखेर राहत र पुनस्थापनाका कार्यहरू छिटो गर्नु पर्ने बताए ।

राउतले बाढी पहिरोमा परेका पीडित परिवारहरूलाई नेकपा एमालेले राहत उपलब्ध गराउन पहल गरेको र नदी तटीय क्षेत्रमा बसोवास गर्ने पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्नुका साथै सरकारलाई अनुरोध गर्ने जानकारी दिए ।

एमाले उदयपुरले जिल्लामा पहिलो पटक बाढी पहिरो पश्चात केन्द्रीय नेता, जिल्ला नेता, सङ्घीय सांसद, प्रदेश सांसदहरूको टोली साथै सिँचाई, खानेपानी, सडक कार्यालयका प्राविधिकहरूको टोली सहित प्रभावित क्षेत्र गएर क्षतिको विवरण संकलन गरेको थियो । 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : १६ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन