उमर अब्दुल्ला जम्मु कश्मिरको मुख्यमन्त्री बन्ने « Khabarhub

उमर अब्दुल्ला जम्मु कश्मिरको मुख्यमन्त्री बन्ने


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जम्मु कश्मिरको मुख्यमन्त्री नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने निश्चित भएपछि उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने भएका हुन् ।

नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्लाले श्रीनगरमा घोषणा गरेका छन् ।  जम्मु–कश्मीरमा १० वर्षपछि पहिलोपटक कांग्रेस–एनसी गठबन्धनले विधानसभा चुनाव जित्ने स्पष्ट भएपछि फारुक अब्दुल्लाले यो घोषणा गरेका हुन् । 

उनले दश वर्षपछि जनताले जनादेश दिएको बताए । फारुक अब्दुल्लाले भनेका छन्-  ‘जनताले आफ्नो जनादेश दिएका छन् ।

कांग्रेस–नेसनल कन्फ्रेन्स गठबन्धनले कुल ९० सिटमध्ये ४९ सिटमा जित हासिल गरेको छ भने भाजपाले २९ सिट जितेको छ । त्यस्तै मेहबुबा मुफ्तीको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले ३ सिट मात्र जितेको छ । उमर अब्दुल्लाह यसअघि सन् २००९ देखि २०१५ सम्म मुख्यमन्त्री थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ५६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको