देश/प्रदेश

काठमाडौँ उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

By खबरहब

October 08, 2024

काठमाडौं- यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-भागको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागबाट मनसुन बाहिरिएको हो ।