अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने छ : ऊर्जामन्त्री « Khabarhub

अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने छ : ऊर्जामन्त्री


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताएका छन् ।

बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसनद्वारा बिहीबार आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उनले नेपाल–भारतबीच यसअघि सम्झौता भई अधुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताए।

‘सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि बढाएर समृद्ध मुलुक निर्माणमा लागेको छ’, मन्त्री खड्काले भने। उनले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालले भारतसँगै छिमेकी मुलुक चीन र अन्य राष्ट्रसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेको मन्त्री खड्काले बताए। उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जाने उल्लेख गरे।

‘हामीले आन्तरिक र अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन सक्यौँ भने मात्र हाम्रा परराष्ट्र सम्बन्धहरू सुमधुर र स्थायी हुन्छन्, आन्तरिक सम्बन्धलाई मजबुत राखेर छिमेकीसँग पनि स्थायी र सुमधुर सम्बन्ध विस्तारमा लाग्नुपर्छ’, उनले भने ।

कार्यक्रममा पूर्वउपपराष्ट्रपति परमानन्द झा, उपसभामुख इन्दीरा राना, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री अब्दुल खान, पूर्वमन्त्री राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : ५६ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र